Kathmandu Press

जनतालाई सम्बोधन गर्ने कार्यक्रम समेटेर बजेट ल्याउन सुझाव

जनतालाई सम्बोधन गर्ने कार्यक्रम समेटेर बजेट ल्याउन सुझाव

काठमाडौं, वैशाख ११ : नेपाली कांग्रेसका सांसदहरुले बजेटमार्फत जनतालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन्। 

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले जनतामाझ सरकारलाई प्रभावकारी रुपमा लैजान जनताको आशा अपेक्षा अनुसारको बजेट निर्माण गर्न सुझाव दिएका हुन्।

बजेटमा सरकार कसरी प्रस्तुत हुँदैछ र अर्थ मन्त्रालयको तयारी कस्तो छ भन्ने बारेमा सांसदहरुको चासो रहेको अर्थमन्त्री डा. प्रकाशशरण मतले जानकारी दिए।

उहाले अहिलेको मुलुकको अर्थतन्त्रको अवस्था, राजस्वको परिस्थीति र कस्तो समस्या र सीममा रहेको भन्ने बारेमा बैठकमा जानकारी गराएको बताए।

उहाले सांसदहरुको सुझाव लिने क्रम जारी रहेकाले अर्को बैठक मंगलबार पुनः बस्ने बताए।

बैठकमा पार्टी सभापति शेर बहादुर देउवाले ठूला दलहरु प्रति जनताको विश्वास घट्दै गएको र वैकल्पिक शक्तिमा विश्वास गर्न थालेकाले पार्टीलाई जनतामाझ लोकप्रिय बनाएर अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति: १४:२५ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्