Kathmandu Press

बारा २ मा जसपा अध्यक्ष यादवको प्रारम्भिक अग्रता

निर्वाचन अधिकृतको कार्यालयका अनुसार २२४ मतसहित यादवले अग्रता लिएका हुन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन्।
बारा २ मा जसपा अध्यक्ष यादवको प्रारम्भिक अग्रता

काठमाडाैं, वैशाख ११ : आइतबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बारा २ को मतगणनाको प्रारम्भिक नतिजा आएको छ। साेमबार दिउँसाेबाट सुरू भएकाे मतगणनाकाे प्रारम्भिक नतिजा भर्खरै आएकाे हाे।

जसअनुसार त्यहाँ जसपा अध्यक्ष उपेन्द्र यादवको प्रारम्भिक अग्रता लिएका छन्। उनी सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार २२४ मतसहित यादवले अग्रता लिएका हुन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, एमालेका पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले ८० मत पाएका छन् भने आम जनता पार्टी (आजपा) का अरुण ज्ञवालीले १२ मत पाएका ले जनाएको छ।

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्