Kathmandu Press

विश्वासको मत नपाएपछि लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त

सोमबार प्रदेशसभाको बैठकमा प्रदेशसभामा रहेका ८७ सांसदमध्ये ३३ जना मात्र उनको पक्षमा उभिए। ५३ सांसद विपक्षमा रहेपछि सभामुख तुलाराम घर्तीले विश्वासको मत बहुमत सदस्यबाटअस्वीकृत भएको घोषणा गरे।
विश्वासको मत नपाएपछि लुम्बिनीका मुख्यमन्त्री गिरी पदमुक्त

रूपन्देही, वैशाख ११ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असमर्थ भएका छन्।

सोमवार बिहान ११ बजे बसेकाे प्रदेशसभा बैठकमा कुल ८७ सांसदमध्ये ३३ जना मात्र उनको पक्षमा उभिए। ५३ सांसद विपक्षमा रहेपछि सभामुख तुलाराम घर्तीले विश्वासको मत बहुमत सदस्यबाटअस्वीकृत भएको घोषणा गरे।

योसँगै प्रदेशमा सबैभन्दा ठुलो दल एमालेले लुम्बिनीमा सरकार गुमाएको छ। उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो।  उनकाे पक्षमा एमालेका २९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४ सांसदको मत मात्र पाए।

घोषणालगत्तै उनले सदनको बैठक अर्को सूचनामार्फत बोलाउने भन्दै स्थगित भएको जानकारी गराएका छन्। 

विश्वासकाे पाउन असफल भएसँगै मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन्।

लुम्बिनीमा रहेका ८ दलका ५३ सांसदहरूले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने दाबीसहित प्रदेश प्रमुखलाई चैत १२ गते नै पत्र बुझाइसकेका छन्। 

गिरीले विश्वासको मत गुमाएसँगै धारा २ अनुसार नयाँ सरकार बन्ने प्रक्रियामा जाने बताइएको छ तर एमाले संसदीय दल विश्वासको मत नपाए धारा ३ अनुसार ठुलो दलको हैसियतमा दाबी गर्ने तयारीमा छ।

 

 

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्