Kathmandu Press

बारा २ को मतगणना सुरू

सर्वदलीय बैठक सकेर आज मात्र कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरू गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।
बारा २ को मतगणना सुरू

बारा, वैशाख ११ : बारा २ को मतगणना सुरू भएको छ। आज (सोमबार) अपराह्न पौने १ बजेतिरबाट त्यहाँ मतगणना सुरु भएको हो।

प्रतिनिधिसभा सदस्यको रिक्त पदका लागि बिहीबार उपनिर्वाचन भएको थियो। सर्वदलीय बैठक सकेर आज मात्र कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरू गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपनिर्वाचनमा बारा २ मा ६८ हजार ८ सय ८७ मत खसेको छ।

बारामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेल, एमालेका पुरूषोत्तम पौडेल, आम जनता पार्टी (आजपा) बाट अरूण ज्ञवालीलगायत उम्मेदवार छन्। 

आइतबार तीन क्षेत्रमा उपनिर्वाचन भएकोमा तनहुँ १ मा बिहानै मतगणना सुरु भए पनि चितवन २ र बारा २ हुन बाँकी थियाे। चितवनमा अब केही बेरमा मतगणना गर्ने तयारी छ।

प्रकाशित मिति: १३:०७ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्