Kathmandu Press

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन्। उनीहरु हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

काठमाडाैं, वैशाख ११ : आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन्। उनीहरु हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उनले जानकारी दिए।

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्