Kathmandu Press

चितवनमा १ बजेदेखि मतगणना सुरु हुने

सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना दिउँसो १ बजेदेखि उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।
चितवनमा १ बजेदेखि मतगणना सुरु हुने

चितवन, वैशाख ११ : चितवन २ मा दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। सर्वदलीय बैठकको सहमतिअनुसार मतगणना दिउँसो १ बजेदेखि उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।

चितवन २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।

मतगणनास्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने, प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत छ।

प्रकाशित मिति: १२:०२ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्