Kathmandu Press

बारामा केहीबेरमा मतगणना सुरु हुने

बारामा केहीबेरमा मतगणना सुरु हुने

बारा, वैशाख ११ : बारा २मा आइतबार भएको उपनिर्वाचनको मतगणना केही बेरमा सुरु हुने भएको छ। बिहान बसेको सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु हुन लागेको हो।

यो क्षेत्रको मतगणना शैक्षिक तालिम केन्द्रमा हुनेछ।

बारा २ मा सत्ता गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, रास्वपाका रमेश खरेल उम्मेदवार छन्।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: ११:१२ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्