मतगणनाको सहमतिका लागि चितवनमा सर्वदलीय बैठक
आइतबार भएको उपनिर्वाचनको मतगणा सुरु गर्नका लागि चितवन २ सर्वदलीय बैठक सुरुभएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो।
चितवन, वैशाख ११ : आइतबार भएको उपनिर्वाचनको मतगणा सुरु गर्नका लागि चितवन २ सर्वदलीय बैठक सुरुभएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो।
उद्योग संघको हलमा मतगणना गर्ने तयारी छ।
चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन्।
गत मंसिर भएको निर्वाचनमा विजयी भएका रवि लामिछानको पद नागरिकता विवादमा सर्वोच्च अदालतले खारेज गरेपछि चितवन २मा उपनिर्वाचन भएको हो।
प्रकाशित मिति: ११:०५ बजे, सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











