तनहुँमा वाग्लेले कटाए १० हजार मत, पछ्याउँदै भट्टराई
वाग्लेले १० हजार २ सय ५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।
काठमाडौं, वैशाख ११ : तनहुँ १ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन्। योसँगै उसले ५ हजार बढी मतको अग्रता पनि बनाएका छन्।
वाग्लेले १० हजार २ सय ५९ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् । उनी वाग्लेभन्दा ५ हजार २ सय ५६ मतले पछि छन्।
यस्तै, एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७ सय ९७ मत पाएका छन् भने राप्रपाकी शोभा गुरुङले ३८ मत पाएकी छन् ।
प्रकाशित मिति: १०:५६ बजे, सोमबार, वैशाख ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











