Kathmandu Press

रास्वपाका स्वर्णिमभन्दा कांग्रेसका गोविन्द चार हजार मतान्तरले पछाडि 

जारी मतगणनामा उनले सात हजार २९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले तीन हजार २४३ मत पाएका छन् । उनी वाग्लेभन्दा करिब चार हजार मतान्तरले पछि परेका छन् । 
रास्वपाका स्वर्णिमभन्दा कांग्रेसका गोविन्द चार हजार मतान्तरले पछाडि 

काठमाडौं, वैशाख ११ : प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले फराकिलो अग्रता बनाइरहेका छन् ।

जारी मतगणनामा उनले सात हजार २९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले तीन हजार २४३ मत पाएका छन् । उनी वाग्लेभन्दा करिब चार हजार मतान्तरले पछि परेका छन् । 

नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनाल दुई हजार १३४ मतसहित तेस्रो स्थानमा छन् । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा एक लाख २३ हजार ३०५ मतदाता छन् ।

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, वैशाख ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्