Kathmandu Press

काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षा, राति पनि पानी पर्ने

रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भेगमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ।
काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षा, राति पनि पानी पर्ने

काठमाडौं, वैशाख १० : राजधानी काठमाडौँमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा साँझ हल्का वर्षा भएको छ।

रातिको समयमा पनि बदली र वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भेगमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुनाका साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव छ। प्री–मनसुन पनि सक्रिय रहेकाले बदली र वर्षा गराएको बताउँदै मौसमविद् झाले प्री–मनसुन पनि सक्रिय भएको र पश्चिमी वायुको प्रभाव पनि रहेको बताए।

भोलि दिउँसो पनि देशभर बदली रही पहाडी भेगमा मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि सामान्यता मौसम सफा रहने छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मिति: २१:३७ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्