Kathmandu Press

चितवनमा मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। उनले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताए।
चितवनमा मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा
फाइल तस्बिर ।

चितवन, वैशाख १० : चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो।

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए। उनले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताए।

२०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ। जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ।

आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणनास्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने छ। सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुने उनको भनाइ छ।

प्रकाशित मिति: १९:५४ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्