कीर्तिपुर-४ का वडाध्यक्ष अधिकारीको निधन
मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।
काठमाडौं, वैशाख १० : कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ।
मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनको आज उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।
अधिकारी यही वैशाख १ गते वडा नं–४ स्थित चम्पादेवी मेलामा सरिक हुन जाँदै गर्दा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। उनी चढेको मोटरसाइकल पुष्पलाल उद्याननजिक दुर्घटनामा भएको थियो।
टाउकोमा गम्भीर चोट लागेका वडाध्यक्ष अधिकारीलाई उपचारका लागि माइतिघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरिएको थियो।
उनी गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए।
प्रकाशित मिति: १८:०० बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











