Kathmandu Press

२४ घण्टामा थपिए ८१ जना कोरोना संक्रमित

नयाँ थपिएकासहित संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थपिए ८१ जना कोरोना संक्रमित

काठमाडौं, वैशाख १० : पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिएका छन्।

१ हजार ३०६ नमुनामध्‍ये  ३७० जनाको पिसिआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

नयाँ थपिएकासहित संक्रिय संक्रमितको संख्या ३७० जना पुगेको मन्त्रालयले जनाएको छ।

संस्थागत आइसोलेसनमा २२ जना, आइसियुमा ३ जना र भेन्टिलेटरमा १ जना उपचाररत रहेको मन्त्रालयको भनाइ छ। सोही अवधिमा ५४ जना कोरोना संक्रमणबाट मुक्त भएका छ

प्रकाशित मिति: १७:४७ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्