Kathmandu Press

मतदानको समय सकियो, साँझबाट मतगणना सुरु हुने 

मतदानको समय सकिए पनि ५ बजे अगावै मतदान केन्द्रमा लाइनमा रहेका मतदाताले भने मत खसाल्न पाउने छन्।
मतदानको समय सकियो, साँझबाट मतगणना सुरु हुने 

काठमाडौं, वैशाख १० : उपनिर्वाचन अन्तर्गत तीन निर्वाचन क्षेत्रमा भएको मतदानको समय सकिएको छ। मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम तोकिएको थियो।

मतदानको समय सकिए पनि ५ बजे अगावै मतदान केन्द्रमा लाइनमा रहेका मतदाताले भने मत खसाल्न पाउने छन्।

चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको थियो  निर्वाचन सकिएलगत्तै बेलुकाबाट मतगणना सुरु हुने आयोगले जनाएको छ।

निर्वाचन लगत्तै मतगणना शुरु हुने भएकाले निर्वाचनको परिणाम चाँडै आउने भएको छ। 
 
प्रकाशित मिति: १७:२६ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्