Kathmandu Press

वानीरा प्रज्ञा पुरस्कार प्राज्ञ वैरागी काइँलालाई

वानीरा फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानका निम्ति साहित्यकार वैरागी काइँलालाई वानीरा प्रज्ञा पुरस्कार प्रदान गरिएको हो।
वानीरा प्रज्ञा पुरस्कार प्राज्ञ वैरागी काइँलालाई

चितवन, वैशाख १० : यस वर्षको वानीरा प्रज्ञा पुरस्कार प्राज्ञ वैरागी काइँलालाई प्रदान गरिएको छ।

वानीरा फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानका निम्ति साहित्यकार वैरागी काइँलालाई वानीरा प्रज्ञा पुरस्कार प्रदान गरिएको हो।

नेपाली साहित्यकार डा. वानीरा गिरीको सम्मानमा स्थापित ‘वानीरा प्रज्ञा पुरस्कार’ को राशि एक लाख रुपियाँको छ।

त्यस्तै लामो समय काव्यसाधनामा निरन्तर समर्पित रहँदै उत्तर आधुनिक तथा उत्तर आधुनिक प्रयोगवादी धारको कविता लेखनको प्रवर्तनका निम्ति साहित्यकार गोपाल पराजुलीलाई पचास हजार रुपियाँ राशिसहित ‘वानीरा पुरस्कार’ प्रदान गरिएको छ।

डा. वानीरा गिरीको ८० औँ जयन्तीका अवसरमा पुरस्कार वितरण गरिएको हो। कार्यक्रममा वानीरा फाउण्डेशनले प्रकाशन गरेको वानीरा अभिलेख बिमोचन गरिएको थियो।

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्