प्रधानमन्त्रीको भारत भ्रमण मिति प्रस्ताव
स्रोतले जनाएअनुसार आगामी मे १४ र १५ मध्ये कुनै एउटा दिन भ्रमणमा आउन सकिने गरी भारत सरकार समक्ष प्रस्ताव पठाइएको हो।
काठमाडौं, वैशाख १० : प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको मिति प्रस्ताव गरिएको छ।
प्रचण्डको निजी सचिवालयनिकट स्रोतका अनुसार भारत सरकारसमक्ष दुईवटा भ्रमण मिति प्रस्ताव गरिएको छ।
स्रोतले जनाएअनुसार आगामी मे १४ र १५ मध्ये कुनै एउटा दिन भ्रमणमा आउन सकिने गरी भारत सरकार समक्ष प्रस्ताव पठाइएको हो।
दुई मितिमध्ये भारत सरकारले कुनै एउटा तय गरेर प्रधानमन्त्री प्रचण्डलाई भ्रमणमा डाक्नेछ। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तीन दिनको हुने गरी भ्रमण तालिका तय गरिने भएको छ।
प्रकाशित मिति: १७:०८ बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार