Kathmandu Press

चितवन २ का दुई केन्द्रमा स्थगित मतदान सुरु

भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर मावि रोकिएको मतदान सुरु भएको हो। भरतपुर–११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा तनाव उत्पन्न भएपछि रोकिएको मतदान फेरि हुन थालेको छ।
चितवन २ का दुई केन्द्रमा स्थगित मतदान सुरु

चितवन, वैशाख १० : चितवन २ अन्तर्गत कृष्णपुर मावि र नयाँ किरण मावि केन्द्रमा रोकिएको मतदान सुरू भएको छ।

भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर मावि रोकिएको मतदान सुरु भएको हो। भरतपुर–११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा तनाव उत्पन्न भएपछि रोकिएको मतदान फेरि हुन थालेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै तनाव सिर्जना भएपछि मतदान रोकएिको थियो। सोक्रममा मतदानस्थलबाहिर केहीबेर झडप भएको थियो।

चार दलबीच चार बुँदे सहमति भएपछि मतदान सुरु भएको हो। रास्वपाका प्रतिनिधिहरूले क्षमा मागेपछि मतददान सुचारु भएको हो। पहिलो बुँदामा भनिएको छ, ुराष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम संचालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो।’  

त्यसक्रममा मतदानस्थलको ३ सय मिटर वरपर सुरक्षाका लागि नेपाली सेना परिचालन गर्ने, आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन कार्यालयलाई लेखी पठाउने निर्णय पनि गरिएको छ।
 
प्रकाशित मिति: १५:४९ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्