सञ्चार उपकरणमा समस्या आएकाले हवाई सेवा अवरुद्ध
जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएकाले जहाजहरुको उडान तथा अवतरण बन्द भएको विमानस्थल स्रोतको भनाइ छ।
काठमाडौं, वैशाख १० : सञ्चार उपकरणमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा अवरुद्ध भएको छ।
जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएकाले जहाजहरुको उडान तथा अवतरण बन्द भएको विमानस्थल स्रोतको भनाइ छ।
देशकै विभिन्न स्थानबाट काठमाडौंका लागि उडेका जहाजहरु सम्बन्धित विमानस्थलमा फिर्ता पठाइएको छ। जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेको बताइएको छ।
प्रकाशित मिति: १५:३७ बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार