Kathmandu Press

गण्डकीमा मंगलबार नयाँ सरकार 

गण्डकी प्रदेशका एक कांग्रेस सांसदले दिएको जानकारीअनुसार प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वानपछि मंगलबार सरकार गठन प्रक्रिया अघि बढ्नेछ।
गण्डकीमा मंगलबार नयाँ सरकार 

काठमाडौं, वैशाख १० : गण्डकी प्रदेशमा मंगलबार नयाँ सरकार बन्ने भएको छ। एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि नयाँ सरकारको गृहकार्य शुरु भएको हो। 

गण्डकी प्रदेशका एक काँग्रेस सांसदले दिएको जानकारी अनुसार प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वानपछि मंगलवार सरकार गठन प्रक्रिया अघि बढ्नेछ।

नयाँ परिस्थितिमा संविधानको कुन धारा अनुसार सरकार बनाउने भन्ने बिषयको टुंगो सोमबार लाग्ने छ। ‘मंगलबार कांग्रेसको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद बन्ने संभावना छ,’ कांग्रेसका ती प्रदेश सांसदले भने। 

यद्यपि माओवादी केन्द्रको पनि सरकारको नेतृत्व आफुले गर्न पाउनुपर्ने दाबी छ। केन्द्रको निर्देशनअनुसार सरकारको टुंगो लाग्ने जनाइएको छ। गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियत नेपाली कांग्रेसलाई छ। 
 

प्रकाशित मिति: १५:१७ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्