सञ्चारकर्मी विसीको ‘साई बाज’बजारमा
बिसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम बिसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ।
काठमाडाैं, वैशाख १० : मोफसलका सञ्चारकर्मी लक्ष्मण विसीको ‘साई बाज’ बोलको पहिलो देउडा गीत बजारमा आएको छ।
बिसीकै शब्द रहेको गीतमा लोक देउडा गायक दीपक सङ्गम बिसी र चर्चित गायिका अनु चौधरीको स्वर रहेको छ।
दीपक सङ्गम विसीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त देउडा गीतमा गायक विसीले नै सङ्गीत भर्नुभएको छ भने एरेन्ज र मिक्सिङ्गोको काम पनि दीपक सङ्गमले गरेका छन्।
निर्देशन तथा कोरियोग्राफी टेकेन्द्र शाहले गरेकाे यस गीति भिडियोमा गायक संगम बिसी र सुस्मिता कुँवरको अभिनय रहेको छ।
विसीले यस देउडा गीतमार्फत समाजको यथार्थ चित्रण गर्ने प्रयास गरेको बताए। रेडियो मेलौलीमा स्टेसन म्यानेजरका रुपमा कार्यरत उनले दर्जनौँ कविता, गजल र मुक्तक पनि लेखिसक्नुभएको छ।
प्रकाशित मिति: १४:५७ बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












