Kathmandu Press

तनहुँ १ मा ४५ प्रतिशत मतदान 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ४५ प्रतिशत मत खसेको र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जनाएको छ।
तनहुँ १ मा ४५ प्रतिशत मतदान 

तनहुँ, वैशाख १० : तनहुँ १ मा अहिलेम्म ४५ प्रतिशत मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ४५ प्रतिशत मत खसेको र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको जनाएको छ।

मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको समय तोकिएको छ। तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन गरिएको हो। 

कांग्रेसका पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१ मत पाएका थिए।

स्वतन्त्र उम्मेदवार रहेका पुर्व कांग्रेस गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत पाएका थिए। रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। 

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्