Kathmandu Press

चितवन २ का दुईवटा केन्द्रमा मतदान रोकियाे

चितवन २ का दुईवटा केन्द्रमा मतदान रोकियाे

चितवन, वैशाख १० : चितवन २ का दुईवटा केन्द्रमा मतदान रोकिएको छ। भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र वडा ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो। नयाँ किरण माविमा दुई घण्टादेखि मतदान रोकिएको हो कृष्णपुरमा मतदान रोकिएको आधा घण्टा भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो। यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो। 

रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए। मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि केहीबेर झडपसमेत भएको थियो। प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिएको थियो।

त्यसैगरी कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलका नेताकार्यकर्ताले विरोध गरेपछि मतदान रोकिएको जनाइएको छ। 

दुवै केन्द्रमा सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको बताइएकाे छ।

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्