Kathmandu Press

चितवनमा दिउँसोसम्म ४० प्रतिशत मतदान 

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरू भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ।
चितवनमा दिउँसोसम्म ४० प्रतिशत मतदान 

चितवन, वैशाख १० : चितवनको निर्वाचन क्षेत्र नम्बर– २ मा दिउँसोसम्म ४० प्रतिशत मत खसेको छ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरू भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ।

निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार ४३ स्थानका लागि एक सय ३४ केन्द्रबाट मतदान भइरहेको छ। 

चितवन– २ मा कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने लगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उक्त निर्वाचन क्षेत्रमा १ लाख २४ हजार छ सय ९५ मतदाता रहेका  छन्। 
 

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्