जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ
मतदान गर्ने बेला नक्कली मतपत्रसमेत खसाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बारा, वैशाख १० : प्रतिनिधिसभाका लागि आज जारी उपनिर्वाचनमा बाराबाट जनता समाजवादी पार्टी (जसपा) का एक नेता पक्राउ परेका छन्।
बाराको देवताल गाउँपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट जसपाका नेता रामसागर यादव नक्कली मतपत्रसहित पक्राउ परेका हुन्।
मतदान गर्ने बेला नक्कली मतपत्रसमेत खसाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४८ बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार