Kathmandu Press

फिदिममा भ्यान दुर्घटना हुँदा १ को मृत्यु, ३ जनाको अवस्था गम्भीर

सो दुर्घटनामा एक जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा फालेलुङ–८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु छ।
फिदिममा भ्यान दुर्घटना हुँदा १ को मृत्यु, ३ जनाको अवस्था गम्भीर

पाँचथर, वैशाख १० : पाँचथरको फिदिम याङनाम फालौट सडकखण्डअन्तर्गत फिदिम नगरपालिका–१० नागिनमा पिकअप भ्यान दुर्घटना भएको छ।

सो दुर्घटनामा एक जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा फालेलुङ–८ का ३० वर्षीय साजन केरुङको घटनास्थलमै मृत्यु छ।

प्रहरीका अनुसार फालेलुङ–८ लुवाफुदेखि फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको भ्यान बिहान ८ बजे दुर्घटना भएको थियो।

दुर्घटनामा फालेलुङ–८ का वडा सदस्य समेत रहेका चालक छवि अधिकारी, हिलिहाङ–७ का धनकुमार रसाइली, याङबरक–५ की निर्मला केरुङ, फालेलुङ–८ कै पूर्णबहादुर जबेगु र ठेगाना नखुलेका करिब २५ वर्षीय अच्युत केरुङ घाइते भएका छन्।

घाइते ५ मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई थप उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:१० बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्