Kathmandu Press

उपनिर्वाचनमा स्थानीयकाे उत्साह

गर्मीको मौसम भएकाले मतदानका लागि बिहानै तीनै क्षेत्रमा मतदानको भीड लागेको छ। ज्येष्ठ नागरिक, बिरामी, अशक्त अपांग, किरियापुत्री लगायतलाई लाइनमा नबसी भोट हाल्न पाउने व्यवस्था मिलाइएको छ ।
उपनिर्वाचनमा स्थानीयकाे उत्साह

काडमाडाैं, वैशाख १० : अहिले तीन क्षेत्रमा प्रतिनिधिसभाको उपनिर्वाचन जारी छ। तनहुँ १, चितवन २ र बारा २ मा स्थानीयले बिहान ७ बजेदेखि मतदान गरिरहेका छन्।

गर्मीको मौसम भएकाले मतदानका लागि बिहानै तीनै क्षेत्रमा मतदानको भीड लागेको छ। ज्येष्ठ नागरिक, बिरामी, अशक्त अपांग, किरियापुत्री लगायतलाई लाइनमा नबसी भोट हाल्न पाउने व्यवस्था मिलाइएको छ ।

गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले र बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन भएको हो ।

यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेकाले त्यहाँ पनि उपनिर्वाचन गरिएको हो ।

sss1682229887.jpg

21682229888.jpg

31682229885.jpg

202304230747-a292a6df-aff6-4044-800f-7cacef08f0b8_medium1682229895.jpg

202304231043-96b0fb9f-36f4-4201-a3e1-5b7da08a19a4_medium1682229901.jpg

202304231056-c0bdd8dc-1a45-41d0-be01-58cea6b58750_medium1682229902.jpg

202304230843-30958eda-b470-4b6b-bd5f-bce702043380_medium1682229897.JPG

202304230744-a58bcb10-6e6e-4074-b2ba-59c7d1216870_medium1682229896.JPG

202304230729-6a6f4d71-079f-4d37-b536-a592e495d7c9_medium1682229892.JPG

202304230843-68f334b6-9156-448c-96d8-2bcf670df846_medium1682229898.JPG

202304230751-6420ed52-509b-47c3-b06f-d967731f481a_medium1682229896.JPG

202304230904-aa96d760-c4dd-42d4-8ad5-e9e93d5577de_medium1682229899.jpg

तस्बिर रासस

प्रकाशित मिति: ११:४१ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्