Kathmandu Press

चितवन २मा १०४ वर्षीया गोरीमायाले गरिन मतदान

उपनिर्वाचनमा भरतपुर महानगरपालिका–२९ गोरीमायाले जुगेडीको कविलास माविको ‘क’ केन्द्रबाट मतदान गरेकी छिन्।
चितवन २मा १०४ वर्षीया गोरीमायाले गरिन मतदान

चितवन, वैशाख १० : चितवन–२ मा  १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन्। जारी उपनिर्वाचनमा भरतपुर महानगरपालिका–२९ गोरीमायाले जुगेडीको कविलास माविको ‘क’ केन्द्रबाट मतदान गरेकी छिन्।

सो मतदान केन्द्मा गोरीमायाबाटै मतदानको सुरूवात नै गराइएको थियो।

चितवनका सबै मतदान केन्द्रमा बिहान सात बजेबाट मतदान सुरू भएको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । चितवनमा ४३ स्थानमा १३८ मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्