Kathmandu Press

कंगनासहित चार कलाकर्मीलाई पद्मश्री अवार्ड

काठमाडौं, माघ १३ : कंगना रनौटसहित बलिउडका चार कलाकर्मीले पद्मश्री अवार्ड पाउने भएका छन्।

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा अभिनेत्री कंगना....

कंगनासहित चार कलाकर्मीलाई पद्मश्री अवार्ड

काठमाडौं, माघ १३ : कंगना रनौटसहित बलिउडका चार कलाकर्मीले पद्मश्री अवार्ड पाउने भएका छन्।

भारत सरकारले गणतन्त्र दिवसको अवसरमा अभिनेत्री कंगना, निर्देशक करण जोहर, गायक अदनान सामी र निर्मात्री एकता कपुरलाई पद्मश्री अवार्ड दिने घोषणा गरेको छ।

भारत सरकारले हरेक वर्ष यो अवार्ड प्रदान गर्दै आएको छ। अवार्डको घोषणापछि अभिनेत्री कंगनाले एक भिडियो सन्देश सार्वजनिक गरेकी छिन्।

भिडियोमा उनले आफूले प्राप्त गरेको अवार्ड भारतका हरेक आमा र छोरीहरूमा समर्पित गर्न चाहेको उल्लेख गरेकी छिन्। उनले भनेकी छिन, ‘यो अवार्ड म ती सबै महिलाहरूमा समर्पित गर्न चाहन्छु, जसले आफ्नो सपना पूरा गर्ने हिम्मत राख्छन्।’

यस्तै गरि उनले अगाडि भनेकी छिन् ‘यस्तै म यो अवार्ड ती सम्पूर्ण छोरीहरुमा समर्पित गर्न चाहन्छु, जसले देशलाई उत्कृष्ट बनाउनका लागि मद्दत गरिरहेका छन्।’

नायिका कंगनाले तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार समेत जितिसकेकी छिन्।

 

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, माघ १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्