Kathmandu Press

तनहुँ–१ मा दुई उम्मेदवारले मात्रै मतदान गरे

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले मात्र आफ्ना लागि मतदान गरेका हुन्।
तनहुँ–१ मा दुई उम्मेदवारले मात्रै मतदान गरे

तनहुँ, वैशाख १० : तनहुँ क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले मात्र आफ्ना लागि मतदान गरेका हुन्। अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनार, नेशनल मङ्गोल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेकपा समाजवादी पार्टीका गणेश श्रेष्ठ र राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले आफ्ना लागि मतदान गर्न पाएनन्।

विगतको निर्वाचनमा भन्दा म्यादी प्रहरी नहुने भएकाले  सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनका लागि एक हजार तीन सय ६८ कर्मचारी खटाइएको छ।

तनहुँ–१ मा एक लाख २३ हजार तीन सय पाँच मतदाताले मतदान गर्दैछन् । भानु नगरपालिका सबैभन्दा बढी मतदाता रहेका छन् ।

प्रकाशित मिति: ११:०७ बजे, आइतबार, वैशाख १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्