पाल्पामा बस पल्टियो, १ को मृत्यु, १० घाइते
लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै सडकबाट तल खसेको थियो ।
पाल्पा, वैशाख १० : बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको छ। आइतबार बिहान जोधारमा बस पल्टिँदा एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा बसमा सवार १० जना यात्रु घाइते भएका छन्। उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
लु १ ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–५ जोरधारा नजिकै सडकबाट तल खसेको थियो । बस सडकबाट ५० मिटर तल प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १०:५६ बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











