मतदान केन्द्रमा हल्ला गर्ने ४ जना पक्राउ
मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बारा, वैशाख १० : बाराको देवताल गाउँपालिका वडा नं. २स्थित कल्याणपुर मतदान केन्द्रमा होहल्ला गर्ने चार जना पक्राउ परेका छन्।
मतदानको क्रममा विवाद भएको र स्थिति नियन्त्रणमा लिने क्रममा चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
मतदान भने जारी छ । अहिलेसम्म बारा क्षेत्र नं. २ मा झण्डै २० प्रतिशत मतदान भइसकेको छ ।
प्रकाशित मिति: १०:५० बजे, आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार