Kathmandu Press

‘गण्डकीमा भोलिसम्म सरकार बन्छ’

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भने- ‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो।’
‘गण्डकीमा भोलिसम्म सरकार बन्छ’

काठमाडाैं, वैशाख ९ : गण्डकी प्रदेशमा आइतबारसम्म नयाँ सरकार बन्ने नेताहरुले बताएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएसँगै उनी नेतृत्वको सरकार ढलेको थियो।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले भोलि (आइतबार)सम्म नयाँ सरकार बन्ने बताएका छन् । प्रदेशसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पाण्डेले प्रदेश प्रमुखले छिटै सरकार गठनको आह्वान गर्ने र आइतबारसम्म नयाँ सरकार बन्ने बताएका हुन् ।

उनले भने, ‘प्रदेश प्रमुखले संविधान अनुसार सरकार गठनको आह्वान गर्नुहुन्छ, दोस्रो कुरा भनेको गठबन्धन दलहरुबीचको सहमतिको कुरा हो।’

यस्तै, माओवादी केन्द्रको गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मुख्यमन्त्री को बन्ने भन्ने कुरा भोलिसम्म थाहा हुने बताए।

नेता चुमानले कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको र पहिलो पालोमा आफूहरुले पाउनुपर्ने बताए। उनले भने, ‘शीर्ष नेताहरुको कुराकानीमा म आफूले बुझेको चाहिँ माओवादी केन्द्रले नै पहिलो पालो लोओस्, दोस्रो पालो नेपाली कांग्रेसले लेओस् भन्ने कुरा भएको हो ।’

अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैछन् ।

प्रकाशित मिति: २०:२५ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्