Kathmandu Press

गण्डकीमा ढल्यो अधिकारी नेतृत्वको सरकार

मुख्यमन्त्री रहेका अधिकारीले विश्वासको मत नपाएको अवस्थामा अब गण्डकीमा गठबन्धनको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको छ।
गण्डकीमा ढल्यो अधिकारी नेतृत्वको सरकार

काठमाडौं, वैशाख ९ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेको छ।

प्रदेश सभामा विश्वासको मत नपाएपछि गण्डकी सरकार ढलेको हो । मुख्यमन्त्री रहेका अधिकारीले विश्वासको मत नपाएको अवस्थामा अब गण्डकीमा गठबन्धनको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको छ।  

६० सदस्यीय प्रदेशसभाबाट विश्वासको मत पाउन मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदको समर्थन आवश्यक रहे पनि पक्षमा २४ जना सांसदले मात्र मत दिएका छ्न् । ३५ सांसद उनको विपक्षमा उभिएका छन् । मतदानमा ५९ सांसद उपस्थित थिए।

केन्द्रको समीकरण फेरिएसँगै अधिकारी अल्पमतमा परेका थिए। गत चैत १० गते माओवादी केन्द्रका मन्त्रीहरूले सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७, राप्रपाका २ र एकीकृत समाजवादीका एक सांसद छन्।

 

प्रकाशित मिति: १८:५२ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्