Kathmandu Press

जनमत पार्टीमाथि फर्जी मतपत्र बाँडेको आरोप

आफ्नो पार्टीको मात्रै चुनाव चिन्ह राखेर फर्जी मतपत्र बाँडेको आरोप जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेले लगाएका हुन्।
जनमत पार्टीमाथि फर्जी मतपत्र बाँडेको आरोप

बारा, वैशाख ९ : बारा २ उपनिर्वाचनमा चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीले मौन अवधिमा फर्जी मतपत्र बाँडेको आरोप लागेको छ। आफ्नो पार्टीको मात्रै चुनाव चिन्ह राखेर फर्जी मतपत्र बाँडेको आरोप जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा एमालेले लगाएका हुन्। 

ती पार्टीका अनुसार जनमत पार्टीले कानुनको बर्खिलाप निर्वाचन आयोगले उम्मेदवारहरूलाई दिएको नमुना मतपत्रको ठाउँमा नक्कली मतपत्र खडा गरेर आफ्नो उम्मेदवार शिवचन्द्र कुशवाहाको तस्बिर राखेर बाँडिएको छ।

मतदातालाई भ्रमित पार्ने काम गरेको भन्दै जसपा र एमालेका नेताहरुले यस्तो कार्य तत्काल रोकेर कारबाही गर्न माग समेत गरेका छन्। नमुना मतपत्रमा सूर्य र छाता चुनाव चिन्ह नरहेको भनाइ ती पार्टीको छ। 
जनमत पार्टीले निर्वाचन आयोगले दिएको मतपत्र विपरीत आफूखुसी बनाएको मतपत्रमा जसपा, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह नरहेको जनाइएको छ।

बारा २ मा आइतवार हुने उपनिर्वाचनका लागि ३४ जनाले उम्मेदवारी दिएका छन्। यी मध्ये २४ जना स्वतन्त्र उम्मेदवार हुन्। यसैविच जनमत पार्टीले आफ्नो उम्मेदवारको तस्बिर सहित बनाएको फर्जी मतपत्रको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरीसमेत परेको छ। 
 

प्रकाशित मिति: १८:४१ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्