Kathmandu Press

मुलुकको साझा मुद्दामा सहकार्य गर्न कम्युनिष्टहरू तयार हुनुपर्छ : अध्यक्ष नेपाल

मुलुकको साझा मुद्दामा सहकार्य गर्न कम्युनिष्टहरू तयार हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं, वैशाख ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकको साझा मुद्दामा सहकार्य गर्न कम्युनिष्ट दलहरु तयार हुनुपर्नेमा जोड दिएका छन्।

शनिबार ललितपुरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको वार्षिक केन्द्रीय सभामा बोल्दै उनले त्यस्तो बताएका हुन्।

उनले विचार मन मिल्न सने कम्युनिष्ट पार्टीहरु एकता नै गरेर अघि बढ्नुपर्ने जिकिर गरे।

उनले अहिलको कम्युनिष्ट आन्दोलनको अवस्थाका बारेमा गहिरो समीक्षा गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे। 

एकताका लागि एकअर्कामा सहिष्णुता, अस्तित्वको स्वीकारोक्ति, सम्मान गर्ने भावना, बहुमतकोे निर्णयलाई स्वीकार गर्ने प्रतिबद्धताको खाँचो पर्ने उनको भनाइ थियो। 

 

प्रकाशित मिति: १७:१२ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्