गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारीले मागे समर्थन, माओवादीले जनायाे असमर्थता
गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत दिन आग्रह गरेपछि उनले दिन नसक्ने बताएका हुन्। मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रलाई आफैंले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए।
काठमाडौं, वैशाख ९ : माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् ।
गण्डकी प्रदेशको प्रदेशसभा बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत दिन आग्रह गरेपछि उनले दिन नसक्ने बताएका हुन्। मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रलाई आफैंले बनाएको सरकार जोगाउन आग्रह गरेका थिए।
मुख्यमन्त्री खगराज अधिकारीले ‘विश्वासको मत पाऊँ भनी राखेको प्रस्तावको विपक्षमा उभिने सुनाउँदै नेता चुमानले भने, ‘विवादको उत्पत्ति प्रदेशमा नभई संघमा भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन सत्ता गठबन्धनको घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहकार्य हुनुपर्ने भए पनि त्यसो सकेन। आम्रो दलले समर्थन फिर्ता लिइसकेकाले पुनः समर्थन गर्न सकिन्न। मुख्यमन्त्रीजीले जुन प्रस्ताव राख्नुभएको छ, हामी त्यसमा समर्थन जनाउन असमर्थ छौं।’
;साेही क्रममा चुमानले मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने बताउँदै भने, 'जसरी पालिका सरकारका प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् । त्यसैगरी मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित भयो भने त्यहाँ केन्द्रको कुनै हस्तक्षेप वा प्रभाव नै पर्दैन। दलहरूले यतातर्फ ध्यान दिनुपर्छ, त्यसैले अब राम्रो काम गर्ने, अरुलाई आरोप नलगाउनेतर्फ ध्यान दिनुपर्छ ।”
मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रसँग सहयोग मागेका थिए। प्रदेशसभा बैठकमा विश्वासको माग माग्दै उनले सरकार निर्माण गर्दा जनाएको सहकार्यको प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेका थिए। ‘बिनाकारण अस्थिरता सिर्जना गर्ने कार्य राजनीतिक नैतिकता, आचारण, व्यवहार र सिद्धान्तभित्र पर्दैन। आफैंले निर्माण गरेको सरकारलाई सहयोग गर्ने तपाईहरुको दायित्व हो,’ उनले भने, ‘राजनीतिक पार्टीहरु नीति, विचार, नेतृत्व र विधिले चल्ने भन्दै उनले पार्टीगत क्षणिक स्वार्थलाई प्राथमिकतामा राखेर गरिने काम गैरराजनीतिक हुन्छ।’
मुख्यमन्त्री अधिकारीले यस्ता गैरराजनीतिक क्रियाकलाप तथा अस्थिरता निम्तिने सबै खालका गतिविधिदेखि टाढा रही देश र जनतालाई केन्द्रमा राखी अगाडि बढ्न सबै पक्षसँग उनले अनुरोध गरे।











