थपिए ७८ जना कोरोना संक्रमित, एककाे मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जना कोरोना निको भएर घर फर्किएका छन्। पछिल्लो समय थपिएकोसहित नेपालमा सक्रिय संक्रमित ३८३ जना छन् ।
काठमाडौं, वैशाख ९ : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ।
योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको छ।
कोरोना भाइरसको बढ्दो संक्रमणसँगै पछिल्लो साता मृत्युदर पनि बढेको छ। यो एक साताभित्र चार जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घन्टाको अवधिमा ७८ जना कोरोना संक्रमि पनि थपिएका छन्। २२४ जनाको पिसिआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५० जना कोरोना निको भएर घर फर्किएका छन्। पछिल्लो समय थपिएकोसहित नेपालमा सक्रिय संक्रमित ३८३ जना छन् ।
प्रकाशित मिति: १६:१९ बजे, शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार