बाँकेमा कोभिडका कारण एकको मृत्यु
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जाानकारी दिए।
बाँके, वैशाख ९ : बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ।
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जाानकारी दिए।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई भेरी अस्पताल लगिएको थियो। उनलाई यही वैशाख १ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो।
बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको र उहाँलाई दमको पनि समस्या रहेको बताइएको छ।
प्रकाशित मिति: १५:२३ बजे, शनिबार, वैशाख ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार