Kathmandu Press

वर्तमान सरकारले  शान्तिप्रक्रियाको बाँकी काम कुनै पनि हालतमा पूरा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

आज (शनिबार) प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै माओवादी केन्द्र वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले  शान्ति प्रक्रियाको बाँँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहेको पनि पूरा गर्नैपर्ने अवस्था रहेकाे बताए।
वर्तमान सरकारले  शान्तिप्रक्रियाको बाँकी काम कुनै पनि हालतमा पूरा गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, वैशाख ९ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले  वर्तमान सरकारले  शान्तिप्रक्रियाको बाँकी काम कुनै पनि हालतमा पूरा गर्ने बताएका छन् ।

आज (शनिबार) प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै माओवादी केन्द्र वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले  शान्तिप्रक्रियाको बाँँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहेको पनि पूरा गर्नैपर्ने अवस्था रहेकाे बताए।

‘डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो। तर हामीले यो काम पूरा गरेका छैनौं,’ उनले भने ।

उनले थपे, 'यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयास भइराखेका छन । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।’

प्रकाशित मिति: १४:०४ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्