Kathmandu Press

इदमा झुमेका इस्लाम धर्मावलम्बी

इस्लाम धर्मावलम्बी मुसलमानले शनिबार इद (इद उल फित्र) मनाएका छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ।
इदमा झुमेका इस्लाम धर्मावलम्बी

काठमाडाैं, वैशाख ९ : इस्लाम धर्मावलम्बी मुसलमानले शनिबार इद (इद उल फित्र) मनाएका छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ। नेपालका विभिन्न स्थानमा इस्लाम धर्मावलम्बीले हर्षोल्लासका साथ इद मनाइरहेका छन्।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुुसलमान दिनमा निराहार बस्छन्। बिहानको समय ३ः२० मिनेटमा ‘सेहरी’ हलुका खानेकुरा खाएर दिनभर निराहर बस्ने मुसलमान ब्रतालु सूर्यास्त भएपछि ‘एफतार’ मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन छ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजानामा ब्रत बस्ने आज साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई सटासाट गर्ने प्रचलन रहँदै आएको छ।

RupaniGM_Janaki_RSS_09_SamuhikNawajPadai1682144470.jpg

ed21682144432.jpg

MD-MORANG21682144458.jpg

ed1682144436.jpg

MD-MORANG1682144449.jpg

ed11682144428.jpg

RadhyeshayBK_Bhairawa_RSS_091682144485.jpg

RadheShyamBK_Bhairawa_RSS_09_IMG_19561682144475.jpg

प्रकाशित मिति: ११:५१ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्