Kathmandu Press

बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ : कामु प्रधानन्यायाधीश

‘निरंकुशतामा न्यायापालिका स्वतन्त्र हुन सक्दैन । बार र न्यायपालिका सदा स्वतन्त्र, सक्षम र निष्पक्षताका लागि मिलेर काम गर्नुपर्छ,’ कामु प्रधानन्यायाधीश कार्कीले भने।
बार र बेञ्च मिलेर न्यायपालिकाको सुधार गर्नुपर्छ : कामु प्रधानन्यायाधीश

दोलखा, वैशाख ८ : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताएका छन्।

नेपाल बार एशोसिएसन दोलखा इकाइको भवन उद्घाटन गर्दैका उनले बार र बेञ्च मिलेर न्यायपालिकाको सुधारका लागि काम गर्नुपर्ने बताएका हुन्।

‘निरंकुशतामा न्यायापालिका स्वतन्त्र हुन सक्दैन । बार र न्यायपालिका सदा स्वतन्त्र, सक्षम र निष्पक्षताका लागि मिलेर काम गर्नुपर्छ,’ कामु प्रधानन्यायाधीश कार्कीले भने।

उनले कानुन व्यवसायीले पक्षको मात्रै न्याय गर्न नहुने र विपक्षीलाई पनि न्याय हुनुपर्ने र राज्यका हरेक क्षेत्र सच्चिनुपर्नेमा जोड दिए। कानुनको मूल्य र मान्यताका आधारमा कार्यपालिका र व्यवस्थापिकाको विवादका साथै प्रदेशका विवाद निरूपण गर्ने निकाय नै सर्वोच्च अदालत भएको उनले बताए।

यस्तै, उनले आफूले कानुन व्यवसाय र न्याय क्षेत्रको यात्रा दोलखाबाटै प्रारम्भ गरेको स्मरण पनि गरे।

प्रकाशित मिति: १८:४२ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्