Kathmandu Press

पार्टी एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाे छ : महासचिव पाेखरेल

नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुस अनुभवन र सिकाइ विषयक अन्तक्रियामा पोखरेलले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउन योजनाबद्ध पहल गर्ने बताएका हुन्।
पार्टी एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाे छ : महासचिव पाेखरेल

काठमाडाैं, वैशाख ८ : एमाले महासचिव शंकर पोखरेलले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउन योजनाबद्ध पहल गर्ने बताएका छन्।

नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको मिसन ग्रासरुस अनुभवन र सिकाइ विषयक अन्तक्रियामा पोखरेलले पार्टीभित्रको एकता कमजोर हुँदा एमालेको जनमत खण्डित भएकाले पार्टीभित्रको आन्तरिक एकतालाई सुदृढ बनाउन योजनाबद्ध पहल गर्ने बताएका हुन्।

अहिलको चूनाव प्रणालीभित्र बहुमत सम्भव नभएको भन्ने कुरा गरिरहदा ४० प्रतिशत मत हासिल गर्न सकिए समानुपातीक तर्फ थ्रेसहोल्का कारण ४५ प्रतिशत सिट प्राप्त गर्न सकिने उनले बताए। पोखरेलले एमालेका जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी हुन सक्दा एमालेले जितेका स्थानमा पनि जनमत घटिरहेको देखिएकाले अब जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्ने जिकिर गरे। त्यस्तै उनले आधारभूत आवश्यकता पुरा भएका जमातलाई प्रमुख पार्टीविरुद्ध भड्काउने प्रवृतिका कारण वैकल्पिक भन्नेहरुले स्थान पाएको धारणा राखे।

पोखरेलले आगामी निर्वाचनमा एमालेको एकल बहुमतले सरकार बनाउने उदेश्यका साथ पार्टीलाई बािलयो बनाउदै अघि बढाउन मिसन ग्रासरुस प्रभावकारी हुने जिकिर गरे। 

प्रकाशित मिति: १७:५६ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्