कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
काठमाडौं, वैशाख ८ : पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
सोही अवधिमा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ६४ जना र १ हजार ३०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।
नयाँ थपिएकासहित संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ। संस्थागत आएशोलेसनमा २५ जना, आइसियूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार