‘विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको छ’
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन्।
काठमाडाैं, वैशाख ८ : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउँदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन्।
अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रित भएको उनले बताए।
उनले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तात्कालिक समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा राखे। उनले छिटै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने दाबी गरे।
प्रकाशित मिति: १४:५१ बजे, शुक्रबार, वैशाख ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार