Kathmandu Press

आफूविरुद्ध नियोजित षड्यन्त्रमा उत्रेको भन्दै भट्टराईले दिए उजुरी

तनहुँ १ मा मतदातालाई प्रभावमा पार्ने गरी घण्टीबाहक उम्मेद्वारको पक्षमा माहोल बनाउन निर्वाचनको चार दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा समाचार प्रकाशन गरिएको आरोप भट्टराईको छ।
आफूविरुद्ध नियोजित षड्यन्त्रमा उत्रेको भन्दै भट्टराईले दिए उजुरी

काठमाडौं, वैशाख ८ : एक अनलाइनले उपचुनावमा मतदातालाई भ्रम पार्ने गरी जनमत सर्वेक्षणका नाममा षड्यन्त्र गरेको दाबीसहित तनहुँ-१ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम्बद्ध अनलाइनविरुद्ध उजुरी दिएका छन्।

तनहुँ १ मा मतदातालाई प्रभावमा पार्ने गरी घण्टीबाहक उम्मेद्वारको पक्षमा माहोल बनाउन निर्वाचनको चार दिन अगाडि नियोजित षड्यन्त्रका रुपमा समाचार प्रकाशन गरिएको आरोप भट्टराईको छ। मत सर्वेक्षणका नाममा गरिएको समाचार प्रकाशन निर्वाचन आचारसंहिताविपरीत रहेको भनाइ भट्टराईको छ। 

भट्टराईले निर्वाचन आचारसंहिता ऐन, २०७९ को दफा ३ काे (ण), ४ का (ज) र (ट), (७) का (ड) र (त) तथा  दफा २५ बमोजिम कसुर गरेको हुँदा ऐ.को दफा ४५ बमोजिम उजुरी दिएको र सो उपर सो उपर दफा ४६ र दफा ४९ बमोजिम कारबाही गर्न पनि उजुरीमा माग गरेका छन्।

सेतोपाटी अनलाइनले घण्टीबाहक उम्मेदवारको पक्षमा माहोल बनाउन सर्वेक्षण गरेको दाबी भट्टराईको छ। यसअघि प्रेस काउन्सिल नेपालले पनि उपनिर्वाचनमा निश्चित दल र उम्मेदवारको पक्षपोषण गरेको भन्दै उक्त अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो।

आचारसंहित उल्लंघन गर्ने मिडियालाई कारबाही गर्ने चेतावनीसमेत काउन्सिलले दिएको छ।

339812008_259003999986208_4674268789836686392_n1682066786.jpg

प्रकाशित मिति: १४:२५ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्