Kathmandu Press

निर्वाचन आयोगकाे निर्देशन- आचारसंहिताविपरीत गतिविधि गर्नेलाई तत्काल कारबाही अघि बढाउनू

उपन्यायाधीवक्ता एवं सहप्रवक्ता वाग्लेले जारी गरेको निर्देशनमा उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई भनिएको छ।
निर्वाचन आयोगकाे निर्देशन- आचारसंहिताविपरीत गतिविधि गर्नेलाई तत्काल कारबाही अघि बढाउनू

काठमाडाैं, वैशाख ८ : आइतबार प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि बिहीबार राति १२ बजेदेखि प्रचारप्रसार निषेध अवधि (मौन अवधि) सुरु भइसकेको छ।

सोही सन्दर्भमा निर्वाचन आयोगले प्रचारप्रसार निषेध अवधिको अनुगमन र निगरानीका लागि पाँचबुँदे निर्देशन जारी गरेको छ। उपन्यायाधीवक्ता एवं सहप्रवक्ता वाग्लेले जारी गरेको निर्देशनमा उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई भनिएको छ।

आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही अघि बढाउन र सवारीसाधन भए मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न पनि भनिएको छ।

‘निर्वाचन आचार संहिता, निर्वाचन आयोग, जिल्ला सुरक्षा समितिको निर्णय र अनुमतिविपरीत निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले सावारस् साधान प्रयोग गरेको पाइएमा त्यस्तो सवारीसाधान  मतदान सम्पन्न नभएसम्म कब्जामा लिई आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउने।’   

press 1-8 (1)-page-0011682066169.jpg

press 1-8 (1)-page-0021682066169.jpg

प्रकाशित मिति: १४:१७ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्