Kathmandu Press

दाहाल र ओलीबीच भेटवार्ता, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

आज (शुक्रबार) बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटघाटमा प्रचण्ड र ओलीबीच संवैधानिक नियुक्ति, संसदीय सुनुवाइ समिति गठन र संवैधानिक परिषद् बैठकबारे छलफल भएको जनाइएको छ।
दाहाल र ओलीबीच भेटवार्ता, प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

काठमाडौं, वैशाख ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।

आज (शुक्रबार) बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटघाटमा प्रचण्ड र ओलीबीच संवैधानिक नियुक्ति, संसदीय सुनुवाइ समिति गठन र संवैधानिक परिषद् बैठकबारे छलफल भएको जनाइएको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबार बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन बनेको थियो। परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग एक्लै छलफल गरेका हुन्।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता पनि सदस्य हुने व्यवस्था छ।

संवैधानिक परिषदको अर्को बैठक राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना रुसबाट फर्केपछि बस्ने बताइएको छ। राष्ट्रियसभा अध्यक्ष पनि संवैधानिक परिषदको सदस्य रहने व्यवस्था छ।

प्रकाशित मिति: १२:४१ बजे, शुक्रबार, वैशाख ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्