पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
काठमाडौं, वैशाख ८ : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन,चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
तराईका थोरै स्थानहरूमा हावा, हुरीको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ। राती देशका पहाडी भूभागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ।
पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का, क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावा, हुरीको सम्भावना रहेको छ।
मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।











