Kathmandu Press

प्रचण्डप्रति स्वर्णीमको कटाक्ष-आफ्नै मन्त्रिमण्डललाई पूर्णता दिन नसक्नेले मन्त्री बाँड्दै हिँड्ने ?

प्रचण्डप्रति स्वर्णीमको कटाक्ष-आफ्नै मन्त्रिमण्डललाई पूर्णता दिन नसक्नेले मन्त्री बाँड्दै हिँड्ने ?

काठमाडौं, वैशाख ७ : तनहुँ क्षेत्र-१ का रास्वपा उम्मेदवार डा.स्वर्णीम वाग्लेले आफ्नो मन्त्रिमण्डल पूरा गर्न नसक्ने प्रधानमन्त्रीले मन्त्री बाँड्दै हिँडेको आरोप लगाएका छन् । 

बुधबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र-१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचन जिताएर पठाए आफूले मन्त्री बनाउने घोषणा गरेका थिए । 

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई खण्डन गर्दै वाग्लेले चितवनमा भएको चुनावी सभालाई बिहीबार सम्बाधोन गर्दै उक्त कुरा बताएका हुन् । 

‘प्रधानमन्त्री तनहुँमा हेलिकोप्टर लिएर आउनुभएको छ। प्रधानमन्त्री मन्त्री पद बाँड्दै हिँड्नुभएको छ । स्वर्णीम वाग्लेलाई हराऊ म मन्त्री बनाउँछु भन्नुभएको छ,’ वाग्लेले भने,‘ अहिले भइरहेको मन्त्रिमण्डल पनि पूरा गर्न नसकेका व्यक्तिले मन्त्री बाँड्दै हिँडेर लोकतान्त्रिक अभ्यासको खिल्ली उडाउनु त्यति राम्रो हैन ।’

प्रधानमन्त्रीमा नियुक्त भएको करिब ४ महिना पुग्दा पनि प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, वैशाख ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्